कोरियन भाषा परीक्षामा ८९ प्रतिशत परीक्षार्थी फेल

Sharing is caring!

असार १६, २०७५ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजा अनुसार भाषा परीक्षामा ७ हजार ९ सय ९६ जना परीक्षार्थी पास भएका छन् । यो संख्या गत वर्षको भन्दा ४ हजार २ सय कम हो । गत वर्ष १२ हजार १ सय ८ जना पास भएका थिए । यसपटक कृषितर्फ २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रतर्फ ५ हजार २८ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले जानकारी दिए । उनले भाषा परीक्षा पास भएकाहरुको कोरिया जाने प्रक्रिया असोजदेखि सुरु हुने बताए ।

पास हुनेको संख्या १० दशमलव छ आठ प्रतिशत हो । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते सञ्चालन गरेको परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले सन् २०१९ मा ७ हजार १ सय नेपाली कामदार लाने बताएको छ । भाषा परीक्षा पास गरेर १० वर्षको अवधिमा ५० हजारभन्दा बढी नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका छन् ।यो खबर आजको कारोबारमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *