एक महिनामै सम्बन्धविच्छेदका ९५ मुद्दा

Sharing is caring!

असोज ७, २०७५ । जिल्ला अदालत चितवनमा गत भदौमा ९५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । महिलाका तर्फबाट ५७ र पुरुषको तर्फबाट ३८ वटा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । वार्षिक रूपमा हेर्ने हो भने यो संख्या ११ सय ४० हुन आउँछ । आर्थिक वर्ष ०७४/०७५ मा सम्बन्धविच्छेदका ७०७ वटा मुद्दा दर्ता भएका थिए ।

१ भदौमा नयाँ कानुन लागू भएपछि सम्बन्धविच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । सम्बन्धविच्छेदमा आर्थिक, सामाजिक र पारिवारिक कारण मुख्य देखिएको छ । शारीरिक र मानसिक हिंसाका कारण सम्बन्ध टुटाउन अदालतसम्म आइपुगेको महिला ब्ताउँछन् ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *