४० वर्षमा कसरी बन्यो चीन विश्वकै शक्तिशाली देश ?

Sharing is caring!

असार १२, २०७५ । चीनमा माओत्से तुङपछि यो मुलुकमा आर्थिक क्रान्ति ल्यायउने श्रेय देङ सेओपिङलाई गएको छ ।
देङ सेओपिङले १९७८ मा आर्थिक क्रान्ति सुरु गरेका थिए । यो क्रान्ति २०१८ मा आएर ४० वर्ष पुरा भएको छ । देङ सेओपेङ यसलाई चीनको दोस्रो क्रान्ति भन्छन् ।
यो आर्थिक सुधारपछि चीनले विश्वकै ठूलो अर्थव्यवस्थामा आफुलाई उभ्याउन सफल भएको छ ।आजसम्मको मितीमा चीन यस्तो मुलुक भएको छ, जोसँग विश्वकै बढी विदेशी मुद्राको भण्डार अर्थात ३.१२ खर्ब डलर रहेको छ ।
जीडीपीको आकार ११ ट्रिलियन डलर (१ ट्रिलियनमा १० खर्ब) भन्दा बढी भएको छ । यो जीडीपीको आकार अमेरिकापछिको दोस्रो ठूलो हो । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने मामिलामा चीन विश्वकै तेस्रो ठूलो देश हो ।
देङ सेओपेङले आर्थिक सुधार गर्दाको समय अर्थात १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १.८ प्रतिशत मात्रै थियो । २०१७ मा आएर चीनको हिस्सा १८.२ प्रतिशत पुगेको छ ।
चीन उदीयमान अर्थव्यवस्थाको रुपमा मात्रै नभएर यो मुलुकले आफ्नो सबलतालाई अतितको समयमा देखिए बराबर पु¥याउने लक्ष्य बनाएको छ । १५ औं र १६ सताब्दीमा विश्व अर्थतन्त्रम चीनको हिस्सा ३० प्रतिशत थियो ।
चीनलाई शक्तिशाली बनाउनमा तीन नेताको नाम लिने गरिएको छ । यसमा माओत्से तुङ, देङ सेओपेङ र वर्तमान नेता सी जिनपिङ रहेका छन् ।
सी जिनपिङ चीनको अर्थतन्त्रलाई थप प्रभावशाली बनाउनका लागि म्यानुफ्याक्चरिङलाई बलियो बनाउयन चाहन्छन् ।आखिरिमा चीनको अर्थव्यवस्थामा उछाल ल्याउन सरकारी योजना तथा निजी उद्य्मीका अतिरिक्त खुला बजार मध्ये कुनलाई बढी जस दिन सकिन्छ ?सी जिनिपिङको हातमा चीन पुरै राजनीतिक शक्ति हो । यस्तो अवस्थामा देशका नेताले अर्थतन्त्रलाई कुन हदसम्म नियन्त्रणमा राख्न सक्छन् त ?

देङ तथा चिनियाँ अर्थव्यवस्थाको कायापलट
देङ सेओपेङले कम्युनिस्ट समाजवादी राजनीतिक अवस्थामा ठोस परिवर्तनको नीति अंगिकार गरेका थिए । यसका लागि उनले सोभियत आर्थिक मोडलको खोललाई उतारेर फ्याके र चीनको अर्थव्यवस्थामा आधुनिकिकरणको प्रक्रियालाई चीनको आवश्यकता मानियो ।
उनको यो प्रयासले चीनको जीडीपी १९७८ देखि २०१६ सम्मको अवधिमा ३ हजार २ सय ३० प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा ७० करोड मानिस गरिबीको रेखाबाट बाहिर आउन सफल भएका छन् । यसैगरी यो अवधिमा ३८.५ करोड मानिस मध्यम वर्गमा आफुलाई रुपान्तरण गर्न सफल भएका छन् ।
चीनको वैदेशिक व्यापार १७ हजार ५ सय प्रतिशतले वृद्धि भएको छ । २०१५ मा चीनको विदेश व्यापार विश्वकै अग्रणी भएर देखा प-यो । १९७८ मा चीनले पुरै वर्षभरी जति व्यापार गरेको थियो , हाल एकै दिनमा त्यो अनुपातको व्यापार गर्न चीन सफल भएको छ ।
हार्भड युनिभर्सिटीका सामाजिक विज्ञानका प्राध्यापक एजरा वोजेलले देङ सेओपेङको जीवनी लेखेका छन् । उनले देङलाई महान नेता भएको उल्लेख गरेका छन् । देङ जुनसुकै किसिमको उथलपुथलको अवस्थालाई रोकेर स्थायित्व ल्याउने क्षमता भएको व्यक्ति भनेका छन् ।
चीनको आर्थिक कायापलटले केवल चिनियाँ नागरिकबीचको आर्थिक सम्पन्नता आएको मात्रै होइन कि चिनियाँ कम्युनिस्ट पार्टिको सत्तामाथिको पकडमा पनि थप वृद्धि भएको छ । देङको आर्थिक उदारीकरणले चीनको राजनीतिक उदारिकरण पनि गरेको छ ।
उदारिकरणको सीमा
चीनले उदारिकरणका लागि पुरा योजना तयार पारेको थियो । चीनको नेतृत्व तहले केन्द्रीय नियन्त्रणवाला नेतृत्वमाथि जोड दिएको थियो । तर पनि स्थानिय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकोबीच गजबको समानजस्यता बनाइएको छ ।
विदेशी लगानीकर्तालाई चीनमा स्वायत्तता प्रदान गरिएको छ । अघिल्ला नेताको तुलनामा सी जिनपिङले सार्वजनिक–निजी –साझेदारीमा धेरै जोड दिएका छन् ।
२०१४ पछि चीनमा निजी लगानीमा तीव्र दरको वृद्धि भएको छ । सी जिनपिङले व्यापारको दायरालाई विश्वभरी बढाएका छन् । वन बेल्ट वन रोड परियोजना मुताविक पूर्वाधार तथा व्यापार नेटवर्कको एसिया, युरोप, अफ्रिकासँग जोडिएको छ ।
पछिल्ला दिनमा चीनको मनसायप्रति सवाल उठिरहेको छ । उदाहरणका लागि श्रीलंका चीनको ऋण तिर्न असफल भएको छ । यसैलाई आधार मानेर चीनले हम्बन्टोटा बन्दर्गाहा ९९ वर्षका लागि श्रीलंकाबाट लिएको छ ।
चीनको ऋणको पासोम जिबुटी, पाकिस्तान तथा किर्गिजस्थान पनि सामेल रहेको छ । चीन २००१ मा विश्व व्यापार संगठनको सदस्य भएको थियो । यसपछि चीनले विदेश व्यापारलाई सहज बनाउनका लागि ७ हजार नियमलाई नस्ट गरिसकेको छ । २०११ मा चीनले भन्सार औसत १० प्रतिशतले कटौती गरिसकेको छ ।यो खबर आजको कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *