नेप्से परिसूचक २.९ अङ्कले घट्यो

Sharing is caring!

कात्तिक १४, २०७५ । बुधवार नेप्से परिसूचकमा २ दशमलव ९० अंकले घटेर १ हजार २ सय २१ दशमलव ४६ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ६४ कम्पनीको ६ लाख ८६ हजार ११५ कित्ता शेयर खरिदबिक्री हुँदा १६ करोड ७५ लाख ९९ हजार १९० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २५ प्रतिशत घटेर २ सय ५९ दशमलव ७८ विन्दुमा सीमित रहेको छ ।

आज प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । जसको ९० लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी, आज सर्वाधिक कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९० प्रतिशतले बढेको छ भने सर्वाधिक गुमाउनेमा छ्याङ्दी हाइड्रोपावर कम्पनीको लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ३४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *