शेयर बजार सामान्य अंकले बढ्यो

Sharing is caring!

असार १९, २०७५ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ ।

आइतबार र सोमबारको तुलनामा शेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । नेप्सेका अनुसार चार उपसमूहको शेयर आज घटेको छ भने पाँच उपमूहको शेयर बढेको छ ।

बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले बढेको छ । यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *