उखुको किसानको रकम नतिर्ने सञ्चालक अग्रवाल पक्राउ

Sharing is caring!

कात्तिक १४, २०७५ । उखुको किसानको रकम नतिरेको अभियोगमा सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।
  
किसानको बक्यौता रकम नदिएको आरोपमा प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
 
अग्रवालले सञ्चालन गरेको नवलपरासीको इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि उखु किसानको ८ करोड ५८ लाख तथा सर्लाहीको अन्नपूर्ण सुगर मिल प्रालिले पनि उखु किसानको रु ३८ करोड ६८ लाख बक्यौता नतिरेको उजुरी परेको छ ।
 
किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो । 
अग्रवाललाई आजै जिल्ला पठाउने प्रहरी श्रोतले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *