कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा छ : अध्यक्ष नेपाल

Sharing is caring!

साउन ६, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा छ । ‘समाजवाद,बहस र संघर्ष’ अन्र्तक्रिया कार्यक्रममा शनिवार उनले नेपालमा लोकप्रिय शक्तिको रुपमा उदाएको कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा पुगेको बताए ।

नेपालले भने, ‘नेपालको सन्र्दभमा हामीले गौरव गर्नुपर्छ । नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय शक्तिको रुपमा उदाएको छ तर,हामीलाई चिन्ता के छ भने संगसंगै यसले अनेकौं चुनौतिको सामना गरिरहेको छ । अरुको कारणले हैन आफ्नै कारणले ।’

२०७४ को जनमतलाई कम्युनिष्ट सरकारले जिम्मेवारीपूर्ण रुपमा जन अपेक्षा अनुसार काम गरेर सरकार र पार्टी सञ्चालन गर्न सकेको भए आज नेपालको राजनीतिक अवस्था धेरै फरक अवस्थामा पुग्थ्यो उनले भने ।
नेकपा जोगाउन नसकेकोप्रति उनले एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरे ।

‘दुई ठूला पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र एकताबद्ध भएर बनेको नेकपा बन्यो ।यो कम्युनिष्टको लागि ठूलो ऐतिहासिक उपलब्धि थियो ।त्यसलाई टिकाउन जोगाउन सकिएन ।त्यतिवेलामात्रै होइन निर्वाचन भन्दा पहिले पनि फुटको अवस्था आइसकेको थियो,निर्वाचन पछि पनि त्यो अवस्था आइसकोको थियो । त्उसलाई मिलेर छलफल गरेर जाउँ भन्दा त्यसलाई लत्याउने काम भयो,कम्युनिष्ट भित्र रहेका व्यक्तिवादी रोगहरु विभिन्न तहमा छन् । कम्युनिष्ट आन्दोलनभित्र भएका विकृतिहरुको राम्ररी चिरफार गरिएन भने बोली एउटा र व्यवहार अर्को हुन्छ,’ नेपालले भने ।
नेपालले चुनाव केन्द्रीत भएर त्यसमै सिमित बन्नु भन्दा जनतादेखि जनतासक्म कम्युनिष्ट आन्दोलनलाई लागुपर्ने विचार राखे ।

अशेस घिमिरेद्वारा लिखित पुस्तक ‘समाजवाद,बहस र संघर्ष’ नामक पुस्तकको कार्यक्रममा नेता नेपालले आजै विमोचन गरेका छन् । लेखक घिमिरेले आफ्नो पुस्तक बारे धारणा राख्दै समाजवादको बहस र संघर्षको बीचमा कम्युनिष्टहरुले एउटा बटो रोज्नुपर्ने अवस्थामा आइपुगेको बताए ।

उनले नेपाली जनताको लागि साँच्चिकै समाजवाद उन्मुख बाटो रोज्ने कि नवउदारवादलाई सघाउने गरि पूँजिवादलाई समर्थन गर्ने भन्ने विषयमा कम्युनिष्टहरुले वैज्ञानिक बहस गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले समाजवादको बहस र संघर्षलाई ठिक बाटोमा हिँडाउन समाजवादको पक्षमा लागेका दलले चार कुराका तयारी गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरे ।

त्यसका लागि उनले पहिलो नक्बरमा विचारधारात्क तयारी हुनुपर्ने बताए । वर्ग पक्षधरताको विचारधारालाई बुझेर अगाडि बढ्ने तयारी गर्नुपर्नेमा उनको जोड छ । यस्तै,सांगठनिक तयारी, जनपरिचालनको तयारी लगायतका विषयमा कम्युनिष्ट नेताहरुले साङ्गोपाङ्गो रुपमा स्पस्ट हुन जरुरी भएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *