कालीमाटी प्रहरी वृत्तका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि

Sharing is caring!

जेठ ७, २०७७ । महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

हाल कालीमाटी वृत्त र सो मातहतमा रहेका २५० जना प्रहरीलाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ ।

वृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक वृत्त पनि रहेको र उनीहरूको खाने बस्ने एकै स्थानमा रहेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरका अनुसार आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भईरहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *