एमाले सरकार फेर्ने खेलमा छैन : ओली

Sharing is caring!

फागुन १६, २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने खेलमा एमाले नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको बताएका हुन् ।

उनले भने,‘हामी मिसन ८४ मा केन्द्रित छौं। मुलुकको विकास गर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएका छन् । जनतामा रहेको निराशालाई आशामा बदल्नु छ । प्रतिपक्षमा रहेको अवस्थामा हामीले गठबन्धन सरकारलाई सुझाव दिँदै आएका छौ ं। तर गठबन्धनले सुनिरहेको छैन ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकार सत्ता टिकाउन लालायित रहेको आरोप समेत लगाए । ‘कांग्रेस अब पुरानो अवस्थामा रहेन । पहिलेको जस्तो छैन’ उनले भने, थोत्रो भएको छ कांग्रेस ।’ कांग्रेसले संविधान संशोधनको विषयअघि बढाउनुलाई उनले ब्लाइन्ड फायर’ गरेको रुपमा लिएको बताए ।

संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी, विषयगत मुद्दा चाहियो । ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ ?’ अध्यक्ष ओलीले भने, कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको छ ।’ संविधान संशोधन गर्न अघि बढेको कांग्रेसले आफ्नो हैसियत बिर्सिएको अध्यक्ष ओलीले बताए ।

यसैगरी ओलीले अर्को प्रसंगमा जनताको मृत्युको कारण देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताए । मन्त्रीका कारण जनताको मृत्यु भएको अवस्थामा राजीनामा दिनुपर्ने उनले बताए ।

गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै ओलीले मन्त्रीको कारण जनताको मृत्यु भएको अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *