लघुवित्तिय संस्था पीडितको आक्रोश : अन्धो सरकार कहाँ छ ?

Sharing is caring!

साउन ६, २०८० । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले पीडितले न्याय पाउनु पर्ने माग गर्दै राष्ट्र बैंक अगाडि प्रर्दशन गरेको छ ।

समितिका सदस्यले तथा पीडितले शनिबार राष्ट्रिय बैंक अगाडि प्रर्दशन गर्दै सरकारले आफ्ना माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । प्रर्दशनमा सहभागिहरुले सरकारले गैर कानूनी रुपमा सरकारमा सहभागिहरुले नै आफूहरुलाई ऋण लिन बाध्य बनाएको आरोप लगाए ।


प्रर्दशनमा सहभागिहरुले सरकारका प्रतिनिधिले नै, आफूहरुलाई अनावश्यक दुख दिएको तर्क गरे । पीडित विष्णु माया बुढाथोकीले, बाध्य पारेर किड्नी माग्ने, आँखा माग्ने जीउँदो मान्छेको मृत्यु दर्ता माग्ने गरिएको आरोप लगाइन् ।

उनले भनिन् ‘यो बार तोडियोस् हामी त्यही गएर, मृत्यु दर्ता बुझाउँछौं हामी सबैको । नेपालका दिदी बहिनीहरु नेपाल सरकारका जनता होइनन् भने देखाइयोस् हाम्रो सरकार । कहाँ छ हाम्रो सरकार ? हामी पीडित यहाँ छौं अन्धो सरकार कहाँ छ ? ’


Leave a Reply

Your email address will not be published. Required fields are marked *