सेयर बजार दुई वर्षयताकै उच्च

Sharing is caring!

माघ २, २०८० । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो ।

बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस्तरको कारोबार भएको छ । ३०४ कम्पनीमध्ये २१४ को सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट छ भने २ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार सर्वाधिक बढ्नेमा फाइनान्स ४.७५ प्रतिशत छ । इन्भेस्टमेन्ट कम्पनी ३.७०, जलविद्युत ३.५१, लघुवित्त ३.०२ प्रतिशतले बढेको छ ।

सर्वाधिक कारोबार हुनेमा सोनापुर मिनरल्स, निफ्रा, एनआरएन इन्फ्रस्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपि पावर लगायतका कम्पनी छन् । सोनापुरको २८ करोड ३१ लाख, निफ्राको २३ करोड २६ लाख, एनआएन २१ करोड १३ लाख, हिमाल दोलखाको १७ करोड ६३ लाख र अपि पावरको १६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेयर मूल्य बढ्नेमा बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालय पावर, एनआरएन इन्फ्रास्ट्रचर, नेपाल वेयरहाउस कम्पनी लगायत अगाडि छन् । मंगलबार २ करोड ३३ लाख ७० हजार ५३ किता सेयर कारोबार भएको छ, जसमा कारोबार रकम ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *