सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् : वामदेव गौतम

Sharing is caring!

साउन ६, २०८० । राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोतिज साक्षात्कारमा नेता गौतमले सुन तस्करीमा नेताहरु संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दावी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरुको नाम जोड्न गरिएको छ गुनासो पनि गरे ।

उनले भने–‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ? हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कमचारीमात्रै उपस्थित् छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी पनि गरे । उनले भने,‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाईए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

अहिलेको पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर सोधिएको एक प्रश्नमा ? गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए । राजनीतिक नेतृत्वको संलग्नताविना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त ? भन्ने अर्को प्रश्नमा उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए । उनले थपे–‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्रीपनि प्रधानमन्त्रीपनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् । ’

हालै भएको क्विन्टल सुन तस्करीबारे आफूले थाहा नपाएको उनको जिकिर छ । उनले भने,‘मैले थाहा पाईनँ । मैले किन थाहा पाउने हो र ? मैले त रेडियोले भनेपछि थाहा पाएको हुँ ।’ गौतमले ललिता निवास प्रकरणमा गम्भीर अनुसन्धान भैरहेको बताए । उक्त प्रकरणबारे उनले भने–‘ठूला माछा किन पक्राउ परेनन् ? अब पक्राउ परेनन् त के भएर परेनन् ? जहाँबाट नेपाल प्रहरीको सिआईबी प्रवेश गरेको छ, त्यो ठाउँबाट प्रवेश गर्दा, बाटाघाटाहरु कहाँ कहाँसम्म पुगेका छन् ? त्यो बुटोबाट प्रवेश गरेको छ, त्यो एउटा ठूलो भ्रष्टाचारको बुटो छ भने तिनका जरा–कहाँ कहाँ पुगेको छ, त्यहीँ त्इहीँ जाउन् । त्यसरी पर्छन् भने साना माछा होईन, ठूला माछा अनि ठूला माछालाई पनि खाने गोही, हडियाल, घडियाल सबै आउँछन् ।’

नेपाली सेनाको संख्या घटाउने कुरा वाहियात भएको पनि उनको तर्क छ । उनले भने,‘सेनाको सम्बन्धमा कुरा गर्नुहुन्छ भने नेपाली सेनाले ऐतिहासिक कर्तव्य निर्वाह गरेको छ, यस्तो निर्वाह गर्ने सेना संसारमा विरलै पाउँछन् । पृथ्बीनारायााण शाहले निर्माण गरेको सेना हो, १८१४ मा साम्राज्यवादी बेलायतले आक्रामण गर्यो, नेपाल कब्जा गर्न सकेन । नेपाल जोगाउने काम नेपाली सेनाले गरेको छ । नेपालमा पर्ने हरेक विपतमा जोगाउने काम पनि यही नेपाली सेनाले गरेको छ।’

आफूले सेनाको विषयमा सदनमा पनि बोलेको स्मरण गराउँदै गौतमले सेनाको संख्या घटाउनुभन्दा प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सुझाए । उनले भने,‘मैले सदनमा पनि त्यही बोलेको हुँ । सेनालाई घटाएर पैसा बचाएर देश विका गर्ने भन्नु वाहियात कुरा हो । बरु प्रतिनिधिसभाका २७५ लाई १६५ मा झारिनुदिनुपर्छ । समावेशी चरित्र त्यसैभित्र (१६५) भित्रै गरिदिनुहोस । राष्ट्रियसभाको छुट्टै कुनै भूमिका छैन् । यसको आवश्यकत्ता छैन् । प्रदेशसभा छ, उता तलपनि ७५३ स्थानीय सरकार छ । संसारमा नभएको सरकार नेपालमा भए । प्रदेशसभा विघटन गरे हुन्छ । ती ठाउँमा गएको पैसा जोगाएर बरु विकास गर्न सकिन्छ । देश विकास गर्न योजना हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *