पौडेलको दाबी : विपी सरकार अपदस्त गर्नु नै नेपालको लागि दुभाग्र्य

Sharing is caring!

साउन ६, २०८० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजा महेन्द्रले तत्कालिन विपी कोइराला सरकार अपदस्त गर्नु नै नेपालको विकासका लागि दुभाग्र्य भएको दाबी गरेका छन् । विपी कोइरालाको स्मृति दिवस पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले, २०१७ सालको विपी सरकारलाई राजा महेन्द्रले अपदस्त नगरेको भए नेपालको आर्थिक, सामाजिक विकासको अवस्था दक्षिण कोरियाको जस्तो हुथ्यो भनेका हुन् ।

नेता पौडेलले भने, ‘सन् १९६२ मा कोरिया युद्धबाट बल्ल शान्तिमा आएको स्थिति थियो ।आज भन्दा ६० वर्ष अगाडि नेपालको प्रतिव्यक्ति आय कोरियाको भन्दा डेड सय डलर बढी थियो । आज दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३५ हजार डलर छ । हाम्रो जम्मा १३सय छ । विपी कोइरालाको सरकार त्यो बेलामा अपदस्त नगरेको भए आज नेपाल कम्तिमा दक्षिण कोरिया बन्थ्यो । नेपालले आर्थिक उन्नति गरेर त्यो उचाइ प्राप्त गर्ने स्थिति बन्थ्यो ।’

त्यस्तै,उनले नेपालमा जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरेकै कारण नेपाल आर्थिक,सामाजिक र राजनीतिक विकासको हिसावले निकै पछाडि परेको जिकिर गरे । साथै,उनले विपीले गरेको कामको गुणगान गरेर मात्र देशको उन्नति नहुने भन्दै विपीको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर आवश्यकता र औचित्यको आधारमा कांग्रेसको नीति,कार्यक्रम, कार्ययोजनासंग जोड्नुपर्ने बताए । उनले विपीको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर कांग्रेसले नेपाललाई नयाँ ढंगबाट अगाडि लाने संकल्प र दृष्टिकोण बनाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *