एक दिवसीय मैत्रीपूर्ण बक्सिङ : नेपाल र भारत पञ्चाबका खेलाडीबीच भिडन्त

Sharing is caring!

साउन ६, २०८० । नेपालका ‘ए’ टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पञ्जाब भारतका खेलाडीहरुबीच एक दिवसीय मैत्रीपूर्ण प्रतिष्पर्धा पोखरा रंगशालामा सम्पन्न भएको छ ।

१२ वटा तौल समुहमा सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पञ्जाबका सुभम पान्डेलाई २ – १ को आधारमा पराजित गरे । ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पञ्जाबका विनय रौनिया ३ – ० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा पञ्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ – ० को युनानिमस डिसिजनमा पराजित गरे ।


यस्तै, ८० किलो तौल समुहमा दीपक श्रेष्ठले ३–० को मुस्तफा हनितलाई ३ – ० को आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । यता ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ – ० मा पराजित गरे


महिला तर्फ ५० किलो तौल समुहमा शुस्मा तामांगले पञ्जाबकी कोमललाई ३ – ० को युनानिमसको आधारमा पराजित गरिन । ५४ किलोमा नेपालका मिनु गुरुङले पञ्जावकी अरिवालाई २ – १ को स्पिलट डिसिजनमा पराजित गरिन । महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ – ० को फरकमा पञ्जाबका मनितलाई पराजित गरिन । ६० किलो महिला तर्फ पञ्जाबकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई ३–० को अन्तरले पराजित गरिन । ६६ किलो तौलमा पञ्जाबका कोमल प्रीतले २–१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *