विश्वकप क्वालिफायर खेल्न नेपाली टोली पूर्ण रुपमा तयार छ : प्रशिक्षक देसाईँ

Sharing is caring!

कात्तिक १२, २०८० । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईँले भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन् ।

प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामा प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे । राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनको भनाई छ ।
‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’ उनले भने, ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।’

उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ । त्यस्तै कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गर्दै, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको स्विकार गरे । ‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो ।’

उनले ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने बताए । उनले भने ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ,’ । कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने कप्तान पौडेलको भनाई छ । सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनीहरुको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *