नक्कली शैक्षिक प्रमाणपत्र : धमाधम डाक्टर पक्राउ

Sharing is caring!

साउन २६, २०८० । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा धमाधम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डाक्टरहरू पक्राउ गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मालाई बिहीबार पक्राउ गरेको सीआईबीले मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि गिरफ्तार गरेको छ । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।

बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा मोरङ–३ बाट निर्वाचित सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरीका साथै रामबाबु यादव र एरिना शाह पन पक्राउ परेका छन् ।

ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *