नेताहरुमा राजा-महाराजाको प्रेतात्मा सवार: अधिकारकर्मी कृष्ण पहाडी

Sharing is caring!

वैशाख १२, २०७५ । नागरिक अभियन्ता तथा मानव अधिकारकर्मी कृष्ण पहाडीले लोकतन्त्रको नाममा नेताहरुमा राजा-महाराजाहरुको प्रेतात्मा सवार भएको टिप्पणी गरेका छन् ।

एपीवान टेलिभिजनको कार्यक्रम एपी सेन्टरमा मंगलबार कुरा गर्दै पहाडीले जनआन्दोलनका उपलब्धीहरु राजनीतिक रुपले संस्थागत भए पनि नेतृत्व तहमा राजा-महाराजाको सामन्ती सोचको प्रेतात्मा सवार भएको कटाक्ष गरेका हुन् ।

‘२०६२/६३ को दोस्रो जनआन्दोलनका उपल्बधीहरु छुने गरी होइन, अनुभूति गर्ने गरी संस्थागत हुनुपर्छ’, पहाडीले भने, ‘व्यवस्था परिवर्तनसँगै नेतृत्व तहको प्रवृतिमा परिवर्तन हुनुपर्छ ।’

नेतृत्व तहमा रहेको प्रवृत्तिमा परिवर्तन आउन नसकेकै कारण जनताले दु:ख पाएको भन्दै उनले गुनासो गरे । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *