७५ हजार घूससहित वडाअध्यक्ष पक्राउ

Sharing is caring!

जेठ २२, २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको हो ।

विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घूस रकम लिएका थिए । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *