नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

Sharing is caring!

असार १८, २०७५ । नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।

आज बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबार साँझदेखि आएको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

वर्षाका कारण बिहानदेखि चार किलो, टोपेखोला, चेपाङ् डाँडा, कालिखोला, मुग्लिन डाँडा लगायतका ठाउँमा पहिरो खसेर अवरुद्ध सडक साँझ अबेर मात्र पहिरो पन्छाएर सञ्चालनमा आएको हो ।

पहिरोका कारण रोकिएका सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *