अध्यक्ष राणाको आरोप: कमल थापाकै कारण पार्टी एकता रोकियो

Sharing is caring!

कात्तिक २७, २०७५ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राणाले एकता गर्नका लागि चार-पाँच दिनको समय माग्दा थापाले नमानेको स्पष्ट पारे।

उनले भने, कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ का कारणले एकता प्रक्रिया रोकिएको बताए ।

राणाले कमल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै हुनुपर्ने आफूलाई अस्वीकार्य भएको बताए ।

गणतन्त्रको विषयमा भएको सहमति भने अहिले सार्वजनिक नगर्ने बताए ।

अध्यक्ष राणाले धर्मनिरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेको राणाको भनाई थियो ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणा,राप्रपाका अध्यक्ष थापा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्षबीच अन्तिम समयमा आएर एकता प्रक्रिया रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *