नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक भोली बस्ने

Sharing is caring!

साउन २२, २०७५ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको वैठक भोली बस्ने भएको छ ।

प्रधानन्यायधीशमा सिफारिस दिपकराज जोशी संसदीय सुनुवाई बिशेष समितिवाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायधीश सिफारिस हुन लागेको हो ।

यसअघि कामु प्रधानन्यायाधीश दिपकराज जोशीको नाम परिषदको बैठकले सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम अस्वीकृत गरेसँगै नयाँ प्रधानन्याधीश सिफारिस गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने संवैधानिक प्रावधान रहेको छ ।

परिषदको बैठकले प्रधानन्यायाधीशको लागि सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश चोलेन्द्र शमशेर राणामध्येबाट एकको नाम सिफारिश गर्नेछ ।

यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहालले भोलिको बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुने बताएका छन्। ‘भोलिको परिषद् बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुन्छ, न्यायालयको नेतृत्व खाली हुँदैन,’ मंगलबार वीरगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने।

उनले संसदीय सर्वोच्चता स्थापित गर्न यसपालि सुनुवाइ समितिले परिषद्ले सिफारिश गरेका जोशीलाई अस्वीकृत गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *