संविधानको विरोध गर्दै जनकपुरमा डा. सीके राउतद्वारा शक्ति प्रदर्शन

Sharing is caring!

असोज ३, २०७५ । देशले संविधान दिवसको उत्सव मनाइरहँदा संविधानको विरोध गर्दै जनकपुरमा स्वतन्त्र मधेश गठनबन्धनक संयोजक डा. सीके राउतले शक्ति प्रदर्शन गरेका छन् ।

धनुषा प्रहरीले मंगलवार साँझ देखि अहिलेसम्म करिव दुई सयभन्दा बढी सिके राउतका सहयोगी र कार्यक्रताहरुलाई पक्राउ गरेका छन् ।

डा.राउतले कालोदिवस मनाउन घोषणा गरेको “चलु जनकपुर भरु जनकपुर” कार्यक्रमलाई मत्थर पार्न सुरक्षा गस्ती बढाउनुका साथै विभिन्न स्थानमा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सीके राउत आउने भनिएको बाह्रविगहालाई सुरक्षाकर्मीले घराउ गरेका छन् ।

यसैबीच उनका समर्थकले संविधानको बिरोधमा जनकपुरमा बिरोध र्याली निकालेको बेला बाक्लो सुरक्षाघेरा छिचोल्दै अचानक पुगेका राउतले रामानन्द चोकमा करिब १५ मिनट सम्बोधन गरे । उनका समर्थकले दिउँसो बिरोध र्याली निकालेका थिए । र्याली रामानन्द चोकमा कोणसभामा परिणत भएपछि उनी सम्बोधनका लागि त्यहाँ पुगेका थिए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले  साँझ ७ देखि साढे सात बजेसम्म बल्याक आउट गर्ने तयारी गरेको छ । राजपाले विरोध दिवस मनाएका छन भने फोरमका कार्यक्रताहरु मौन छन् । यद्यपि उनीहरु पनि संविधानको विरोध गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *