पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई थुना मुक्त गर्न अदालतको आदेश

Sharing is caring!

असोज ३, २०७५ । भ्रष्टाचारको अभियोगमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई थुना मुक्त गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ।  सरिफ र उनका छोरी ज्वाँइलाई गत जुलाईमा एक अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो ।

आमनिर्वाचन सम्पन्न भएको केही समयपछि अदालतले गत जुलाइमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका शरिफ र उनकी छोरी मरियमविरुद्धको फैसलालाई निलम्बन गरेको छ।

पुनरावलोकनका लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो।

सरिफलाई भ्रष्टाचारको आरोप लागेपछि गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *