भारतले आफ्नो भूमि हुँदै पाकिस्तान जाने ३ नदीको पानी थुन्यो

Sharing is caring!

फागुन २८,२०७५ । भारतले आफ्नो भूमि हुँदै पाकिस्तान जाने ३ नदीको पानी बन्द गरिदिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका छन् ।

कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रीमण्डलले भारतीय भूमि हुँदै पाकिस्तानमा बग्ने ३ नदीको पानी रोक्ने योजना अघि सारिसकेको खबर यसअघि नै आएको थियो । भारतले आफ्ना उत्तरी हिमालय क्षेत्र हुँदै बग्ने र पाकिस्तान जाने नदीहरु रावी, सतलज र ब्यास नदीको पानी ड्याम बनाएर रोक्न लगाएको हो ।

भारतीय केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले जनाए अनुसार शाहपुरकान्डी ड्याम निर्माणको काम पुलवामा हमला हुनअघि नै शुरु भइसकेको थियो ।

उनले अन्य दुई नदीको पानी थुन्नलाई प्रधानमन्त्री कार्यालयमा सिफारिस गर्ने बताएका थिए । अहिले राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसरी थुनिएको पानी भारतले आफ्नै जनताका लागि कश्मीर तथा पञ्जावहुँदै राजस्थानतिर मोडिने बताइएको छ । भारतले सिन्धु सम्झौता अनुसार अहिले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरिएको छ ।

सन् १९६० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयूब ख़ानले सिन्धु नदीको पानी बाडफाडका लागि सिन्धु सम्झौता गरेका थिए ।

सो सन्धिअनुसार सिन्धुका सहायक नदीहरुलाई पूर्वी तथा पश्चिमी गरी दुई आधारमा बाँडिएको थियो । जसअनुसार पश्चिमी सहायक नदी सिन्धु, झेमल तथा चेनाब नदीको पानी पाकिस्तानलाई दिइयो भने पूर्वी सहायक नदी रावी, ब्यास र सतलजको पानी भारतलाई दिइयो । यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ भने भारतले ३.३ करोड एकड फिट पानी मात्र पाउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *