वेस्ट इन्डिज ‘ए’विरुद्ध खेलका लागि नेपाली टोली घोषणा

Sharing is caring!

वैशाख १३, २०८१ । वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबारदेखि हुने पाँच खेलको सिरिजका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ । टोली १६ सदस्यीय छ ।

टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश चन्द समेटिएका छन ।

टी–२० सिरिज खेल्न वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौँ आइसकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार पाँच खेलको सिरिज सुरु हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *