दोस्रो कोराना संक्रमित अस्पतालबाट डिस्चार्ज

Sharing is caring!

बैशाख ६ , २०७७ । कोराना संक्रमित देखिएपछि काठमाडौंकी  १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । नेपालको दोस्रो कोराना संक्रमित श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनको उपचारपछि पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन् ।

गत चैत ९ गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकु अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । फ्रान्सबाट नेपाल आएपछि  होम क्वारेन्टाइन बसेकी थिइन् ।

उनलाई कोरोना संक्रमण देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए । यो नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो केस थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *