हावाहुरी र असिना पानीले पीडित किसानहरुलाई राहत तथा क्षतिपुर्ती दिन सरकारसंग माग

Sharing is caring!

बैशाख ६ , २०७७ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब एवं किसानहरुलाई राहत तथा क्षतिपुर्ती दिन सरकारसंग माग गरेका छन् ।

पुर्व मन्त्री एवं रौतहट ३ का सांसद समेत रहेका नेता साहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत तीन तहका सरकारसंग पीडितलाई राहत एवं क्षतिपुर्ति उपलब्ध गराउँन माग गरेका हुन् ।

रविबाली भित्रयाउने महत्वपुर्ण घडीमा आएको यो प्राकृतिक प्रकोपले किसानहरुको ढाड नै भाचेकोछ । यस प्रकोपले गरिबहरुकको झुपडी र घरको छाना उड़ाउनुको साथै किसानको आँप, लिचि मुख्यत मकै बालीमा ठुलो क्षति पूर्याएकोछ’ साहले लेखेका छन्, ‘यस संकटपुर्ण अवस्थामा पीडित गरिब र किसानहरुलाई तुरन्त राहत एवं क्षतिपुर्तिको व्यवस्था गर्न तीनै तहको सरकारसंग माग गर्दछु ।’

हिजो राती आएको भिषण हावाहुरी, असिना, पानीले रौतहट, बारा, पर्सा, सर्लाही सहित तराई मधेसका जिल्लामा ठुलो क्षतिभएको छ । गरिबहरुको खरको छानो भएको घरका हावाहुरीले उडाएको छ ।

किसानहरुले बाली भित्रयाउँने महत्वपुर्ण समयमा मकै एवं रविबालीका साथै लिचि, आँप लगायतमा हावाहुरी एवं असिनापानीले ठुलो क्षति पुर्याएको छ ।

कोरोना भाइरसको त्रास र महिनौं लकडाउनको पिडादायी अवस्थामा हिजो राती भिषण हावाहुरी र असिना पानीले तराई मधेसका केही जिल्लामा ठुलो क्षति पुर्याएकोले ति गरिब एवं किसानहरुलाई तुरुन्त राहत एवं क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने नेकपा नेता साहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *