चुनावी खर्च सार्वजनिक नगर्ने २४३५ जना उम्मेदवारलाई कारबाही

Sharing is caring!

साउन ९, २०८० । निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने २४३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी २४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गर्ने निर्णैय गरेको निर्वाचन आयोगले जनाएको छ ।

गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइए पनि त्यसलाई अटेर गर्दै तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेलाई जरिवानाको निर्णय गरिएको आयोगले जनाएको छ।

आयोगले नेपाली नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा, विजय गच्छदार, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, एमाले नेता राजन भट्टराई, पूर्वमुख्यमन्त्री शेरधन राई, माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री महेन्द्रराय यादवलगायतलाई खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना तोकेको हो ।

यस्तै आयोगले ७४ जना उम्मेदवारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ जना छन् । जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी त्यसको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न भनिएको छ ।

त्यस्तै निर्वाचन खर्चको विवरण एक साता भित्र सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदनसहित पेश गर्न पुनः आदेश दिने निर्णय आयोगले गरेको छ ।

साथै, जरिवाना वापतको रकम तोकिएको समयभित्र नवुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *