बनवारीलाल मित्तल स्मृतिग्रन्थ सार्वजनिक

Sharing is caring!

साउन ९, २०८० । बनवारीलाल मित्तल एक प्रेरणा पुरुष नामक स्मृतिग्रन्थ सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा कार्यक्रमको आयोजना गरी उक्त स्मृतिग्रन्थ विमोचन गरीएको हो ।

कार्यक्रममा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सो पुस्तकले समाजलाई नयाँ आयाम दिन सक्ने धारणा राखे ।
उनले अहिले समाजलाई पुरानै उपभोक्तावादी प्रकृतिको उद्योगधन्दाले मात्र समाज रुपान्तरण गर्न नसकिने बताए । उनले नेपालमा उद्यमशीलतालाई अघि नबढाएसम्म व्यवसायले मात्र देशको आर्थिक पक्ष सवल नहुने टिप्पणी गरे ।

उनले भने, ‘अहिले समाजलाई यहि किसिमको उद्योगधन्दा व्यवसायहरुले उपभोक्ता वादी प्रकृतिको उद्योगधन्दाले मात्र समाज रुपान्तरण हुँदैन् । समृद्ध र असल समाज निर्माण हुँदैन् । स्वावलम्बी र राष्ट्रवादी चिन्तनको विकास गर्नुपर्छ । नेपालमा उद्यमशीलता अघि बढेन भने सेवा प्रदायक र व्यापार व्यवसायले देशको आर्थिक पक्ष अपेक्षीत रुपमा सवल हुने होईन् ।’

समाज समाज रुपान्तरण गर्ने प्रकृयालाई शिक्षासँग जोडेर मानीसको व्यवहार शैली र त्यसको योगदान र जन्मभूमि के हो भनेर खोज्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *