राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित जिल्लामा तत्काल ५/५ करोड पठाइने

Sharing is caring!

कात्तिक १८, २०८० । सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको गरेको छ ।

शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उनले भने ‘ संघीय सरकार, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर सर्च रेस्क्यू र रिलिफका काम अघि बढाईरहेका छौँ । त्यस अन्र्तगत दुबै जिल्लालाई राहत व्यवस्थापन कोषबाट पाँच पाँच करोड रुपैयाँ तत्काल पठाउने निर्णय गरेका छौँ ।’

त्यस्तै उनले, घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएकोसमेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *