भारतबाट अवैध दूध भित्रिदा नेपाली किसानलाई समस्या

Sharing is caring!

साउन ५, २०८० । अहिले मुलुकमा भारत नेपाल सीमाबाट अवैध रुपमा दूध तथा दूग्धजन्य पदार्थ आयात भएकाले समस्या माथि समस्या थपिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय दूग्ध विकास बोर्डले सरोकारवालाहरुसँग हाल दूग्ध क्षेत्रमा देखिएका विविध समस्याका विषयमा गरेको छलफलमा यस्तो चिन्ता जाहेर गरिएको हो ।

छलफलमा दूग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरीले एक कार्यपत्र प्रस्तुत गर्दै वर्तमान समस्याका बारेमा जानकारी गराएका थिए । उनले देशमा भारत नेपाल सीमाबाट अवैध रुपमा दूध तथा दूग्धजन्य पदार्थ आयात भएकाले समस्या माथि समस्या थपिएको कुरा उल्लेख गरेका छन । अहिले लम्पी स्किन रोगको कारण आइपरेको समस्यामा राज्य गम्भीर हुनु पर्ने धारणा राखेका छन् ।

यस्तै, दूधको उपभोग घटेको विषयमा राज्यले दूध सेवन गर्न आम जनतालाई सुसुचित गर्नुपर्ने, धुलो दूध बनाएर राख्दा पुँजी फ्रिज हुने हुँदा सहज रुपमा राज्यले उद्योगलाई चालु गराउन सके समस्या समाधान गर्न सजिलो हुने सुझाव पनि पेश गरेका थिए ।

छलफलले राष्ट्रिय दूग्ध विकास बोर्डको खारेजी गर्ने विषय सरकारको गलत कदम भएको निष्कर्ष निकालेको छ । खारेजीको संघारमा हुँदाहुँदै पनि बोर्डले छलफल गरेको विषय प्रभावकारी भएको र यसले थोरै भए पनि उद्योगी र किसानलाई राहत पुर्याउने भन्दै सहभागीले बोर्डलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सह–सचिव डा. रामनन्दन तिवारी अहिलेको देखिएको समस्या हल गर्न मन्त्रालय हरतरहले लाग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *