राष्ट्रपति पौडेलद्धारा पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण

Sharing is caring!

पुस २७, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले ३०२औँ पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापण गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।

वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकोरुपमा मनाउने गरिएको छ ।

दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२-०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।

केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक विदा दिने गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *