कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

Share this news:

कात्तिक १८, २०८० । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट सहभागी भएका मन्त्री राम रानाले शनिबार आफ्नो पदबाट राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

गठबन्धनमा आवद्ध माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराइएपछि असन्तुष्ट बनेको एमालेले सरकार छाडेको हो । मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीको निवास पुगेर राजीनामा बुझाएका हुन् । उनी बिना विभागीय मन्त्रीका रुपमा थिए ।

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एकजना मन्त्री नियुक्त गरेका थिए । आफूसँग कुनै सहमति र सल्लाह नगरी ती पार्टीलाई सरकारमा सहभागी गराएको भन्दै एमाले असन्तुष्ट बनेको थियो ।

गत असोज २७ गते एमालेसहितको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसै दिन उनले एमालेका एक र कांग्रेसका एकजनालाई मन्त्री नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *