२०३० सम्म सुन्य भोकमरीको लक्ष्यमा पुग्न कठिन : प्रधानमन्त्री प्रचण्ड

Sharing is caring!

साउन ९, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व भर्खरै ठुलो महामारीबाट बाहिर निस्कदै गरेकोले २०३० सम्म सुन्य भोकमरीको लक्ष्य पुरा गर्न कठिन हुने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टम्स–२०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन रोम पुगेका उनले आज दोस्रो दिन ‘व्यवहारमा खाद्य प्रणाली परिवर्तन’ सम्बन्धि सत्रमा मुख्य वक्ताको रुपमा बोल्दै उनले दिगो विकास लक्ष्य अनुरुप सुन्य भोकमरीको अवस्थामा पुग्ने लक्ष्य पुरा हुने सम्भावना कम बन्दै गएको बताएका हुन् ।

हामी अवश्य पनि भोकमरी र खाद्य असुरक्षासंग अझै प्रभावकारी रुपमा लड्न चाहान्छौँ । उनले भने, ‘ हामी अहिले महामारीपछिको अवस्थामा छौं र एसडिजी टू लक्ष्य अनुरुप सुन्य भोकमरीको लक्ष्य असहज जस्तै देखिएको छ ।’
खाद्य प्रणालीको सुधारसंगै जनजीवनमा आवश्यक सुधार पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका उनले उच्च आर्थिक विकास र गुणस्तरीय जीवन विकास आजको आवश्यकता भएको बताए।

नेपालले खाद्य प्रणाली सुधारका लागि विभिन्न राष्ट्रिय ऐन नियम तथा अन्र्तराष्ट्रिय सन्धि सम्झौता तथा योजनाहरुको कार्यान्वायनलाई प्राथमिकतमा राखेको दाबी गरेका प्रधानमन्त्री प्रचण्डले दिगो खाद्य प्रणाली विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

विश्व समुदायको सामुहिक प्रयासले मात्रै खाद्य प्रणालीमा परिर्वतन सम्भाव हुने भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसबाट समुदायलाई अभिप्रेरित गर्ने तथा वातावरणको संरक्षण तथा दिगो भविश्य निर्माण टेवा पुग्ने बताए ।
कार्यक्रममा उनले नेपाल दिगो विकासको लक्ष्यमा समावेश गरिएको शुन्य भोकमरीको लक्ष्य प्राप्तिको चरणमा रहेको जानकारी पनि गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *