चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ यान प्रक्षेपण

Sharing is caring!

भदौ १६, २०८० । भारतले चन्द्रयान ३ सफलतासंगै सुर्य अवलोकन मिसनको सुरुवात गरेको छ। चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सुर्यको अवलोकन अभियान सुभारम्भ गरेको हो ।

भारतले स्थानीय समय अनुसार आज विहान ११ बजेर ५० मिनेटको समयमा आदीत्य एल वन, सुर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो । सो यानले अबको चार महिनामा सुर्य ९ लाख ३२ हजार माइल यात्रा पुरा गर्ने भारतीय स्पेश एजेन्सीलाई उदृतगर्दै बीबीसीले जनाएको छ ।

भारतले हिन्दु र्धममा देवता मानिने सुर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सुर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *