रुपान्तरण महाअभियानले पार्टी ट्रयाकमा आउँछ : प्रधानमन्त्री दाहाल

Sharing is caring!

भदौ १६, २०८० । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ महाअभियान पार्टीले बिराएको बाटो ट्रयाकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

आज चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो मशसुस भएको भन्दै त्यसलाई फेरी ट्रयाकमा ल्याउने उद्देश्यले महाअभियानको सुरु भएको बताएका हुन् ।

उनले भने, जनतासँग माओवादी विशेष रुपान्तरण महाअभियानको सुरुवात माओवादीले आफैबाट गर्नुपर्छ । बीचमा कहीँ कतै बाटो बिराएको जस्तो जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो अहिले फेरी हाम्रो बाटो ट्रयाकमा ल्याउने जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो । यसले देशमा सामाजिक न्यााय र समृद्धिको सपना पूरा गर्ने आशा छ ।

उनले सङ्ख्याको बलको आधारमा नभएर ईतिहास र सहिदले बगाएको रगतको तागतमा ३२ सिट ल्याएर पनि प्रधानमन्त्री बनेको टिप्पणी गरे । साथै विश्वासको मत लिँदा झण्डै सत प्रतिशत समर्थन आफूलाई मिलेको भन्दै नेपालकै ईतिहासमा यस्तो कहिल्यै भएको दाबी गरे ।

उनले भने, सङ्ख्याको बलको आधारमा म प्रधानमन्त्री भएको होईन् । ३२ सिटले प्रभानमन्त्री हुने तागत राख्दैन्। ९० सिट र ८० सिट भएका पार्टीहरुको अगाडी हाम्रो ईतिहासको तागत सहिदले बगाएको रगत र बेपत्ताको त्याग र तपस्याको तागतले, राजनीतिक ऐजेण्डाको तागत र नेता कार्यकर्ता साथै मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतले ३२ सिट भएपनि प्रधानमन्त्री र देशको नेतृत्व गर्ने अवसर पायौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *