मध्यपहाडी लोकमार्गको लम्बाइ घटाउनुपर्छ : महासचिव पोखरेल

Sharing is caring!

पुस ३, २०८० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउनुपर्ने अवस्था देखिएको बताएका छन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यसका लागि पार्टीले सञ्चालन गरेको संकल्प अभियानका क्रममामा लोकमार्गको ‘प्राविधिक अडिट’ गर्न प्राविधिकहरूलाई जिम्मा दिइएको बताए ।

प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनुपर्ने औंल्याएको पोखरेलले बताए ।

एमाले सरकारमा हुँदा बनाइएका स्मार्ट सिटी बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै पोखरेलले मध्यपहाडी क्षेत्रमा चहलपहल बढाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक रहेको उल्लेख गरे ।

कोशी प्रदेशमा पहिचानको नाममा एमाले केन्द्रीत विरोधलाई जनताको तहमा अस्वीकार गरिएको पोखरेलले दावी गरे । पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने उनले बताए ।

एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *