आउँदो चुनावमा भाजपा झन शक्तिशाली बन्छ : मोदी

Sharing is caring!

पुस ३, २०८० । भारतमा सत्तारुढ र विपक्षीविचको अन्तरद्वन्द्व चर्कदै गएको छ । राज्य सभा र विधानसभाबाट गरेर ८१ जना विपक्षी सांसद जारी सत्रका लागि निलम्बनमा परेका छन् ।

निलम्बित सांसदहरुले विरोधका कार्यक्रमलाई पनि निरन्तरता दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी सांसदको व्यवहार सन्तोषजनक नभएको अभिव्यक्ति दिएका छन् । भारतीय जनता पार्टी (भाजपा)को संसदीय दलको बैठकमा प्रधानमन्त्री मोदीले विपक्षी सांसदहरुको व्यवहार दुःखद भएको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले विपक्षीहरुको व्यवहारले सुरक्षा चुनौती दिनेलाई बल पुगेको टिप्पणी गरे । उनले भने ‘विधानसभा निर्वाचनमा पराजयको निराशा प्रस्टै देखिन्छ र प्रतिपक्षले यस्तै व्यवहार गरिरह्यो भने २०२४ मा झन् नराम्रो हार बेहोर्नुपर्छ।’

मोदीले बीजेपी सांसदहरूलाई २०२४ को निर्वाचनको तयारीबारे पनि बताएका थिए । आउँदो चुनावमा भाजपा झन शक्तिशाली भएर आउने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *