कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम छ : शेखर कोइराला

Sharing is caring!

वैशाख ३, २०८१ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम–२ को उपनिर्वाचनले दिने बताएका छन् । यसका लागि कांग्रेसले चुनाव जित्नैपर्नेमा उनको जोड छ ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनुपर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ उनले भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए । उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए ।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए । यही वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा निधनपछि उक्त प्रतिनिधि सभा सदस्य पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *