“समुदायमा कांग्रेस“ अभियान तत्कालका लागि स्थगित

Sharing is caring!

भदौ ५, २०८० । नेपाली कांग्रेसले प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने कुरालाई जनसमक्ष गहिरोसँग बुझाउन विशेष अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्माले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत २०८० श्रावण २ देखि १० चलेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार गत श्रावण २० देखि ३० गते सम्म राष्ट्रव्यापी रूपमा चलाइएको अभियान सफल भएको बताए ।

उनले भने, जनताको दैनिक जनजीवनका समस्याहरुलाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनु पर्ने विषयहरुलाई प्रतिनिधिले आत्मसात गर्दै भ्रष्टाचार विरुद्ध, सुशासनका पक्षमा नेपाली कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र “कोही पनि दोषी नछुटुन र कोही निर्दोष नफसुन“ भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने गरेको वास्तविक कुरालाई जनसमक्ष गहिरो संग बुझाउन विशेष अभियान सफल भएको छ ।

उनले पार्टीको गतिविधि र सरकारको कामबारे समेत तल्लो तहका कार्यकर्तालाइ प्रष्ट पार्न सकिएको बताए । यस्तै, उनले खटिएको प्रतिनिधिहरुले प्रदेश र जिल्ला कार्यसमितिले खटाएका प्रतिनिधिहरुसँग समन्वय र परामर्श गर्दै निर्धारित कार्ययोजना अनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमितिसम्मका कार्यक्रमहरु केही जिल्लामा बाहेक तोकिए वमोजिमको समयसीमा भित्रै सम्पन्न गरिएको पनि जानकारी दिएका छन् ।

उनले ’नेपाली कांग्रेसको सदस्यता’ पार्टीको वेबसाईट मार्फत’ अनलाइन प्रक्रिया’ बाट लिन सकिने कुरा सबै तहमा जानकारी गराई पार्टीको भ्रातृ संघ र हालसम्म कुनै पनि पार्टीमा आवद्ध नभएका व्यक्तिलाई समेत नेपाली कांग्रेसको अनलाइन सदस्य बन्न प्रेरित गर्ने बताए ।

कार्यक्रम अन्तर्गत क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाइने पनि जानकारी दिए ।

केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरि सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेस बुक पेज संचालन गर्न गराउन र पार्टीको नाम, झण्डा वा चुनाव चिन्ह राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाईल वा पेज बन्द गर्न गराउन निर्देशन दिइएको उनको भनाई छ ।

सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृति बढ्दा पार्टी पंक्तिमा निराशा फैलिए पनि अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको उनको दाबी छ । नेता विश्वकर्माले कार्यक्रम अविरल वर्षा, वाढी पहिरो, डेगो तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीर रुपमा प्रभावित भएकोले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरुलाई आव्हान गरिएको बताए ।

भाद्र १० देखि २४ सम्म गर्ने तय भएको “समुदायमा कांग्रेस“ कार्यक्रम अर्को भने अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *