नवनियुक्त प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले लिए सपथ

Sharing is caring!

भदौ ५, २०८० । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल,उप–राष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे,वैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए। श्रेष्ठलाई संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएको थियो ।

उनले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *