सरकारको एक वर्ष कार्यकाल सफल : खगराज भट्ट

Sharing is caring!

पुस ३, २०८० । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारको एक वर्ष सफल कार्यकाल भनी बचाउ गरेका छन्। भ्रष्टाचार काण्डहरुको छानविन र अनुसन्धानमा सरकारले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको दावी गर्दै भट्टले एनसेल प्रकरणलाई एउटा उदाहरण भनेर चर्चा गरेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टले एनसेल प्रकणको गहिराईसम्म पुगेर छानविन गर्न सरकारले समिति गठन गरिसकेकोले संलग्न दोषी उम्किन नपाउने बताए। उनले भने, “प्रधानमन्त्री दुबईमा भएको बेला यो काण्ड बाहिर आएको हो । स्वदेश फिर्ता भएलगत्तै उहाँले छानविन गर्न निर्देशन दिँदै समिति गठन भएको छ । यसमा दोषी जो भएपनि कारवाहीको दायरामा आउँछन्।”

भट्टले भने, ‘नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कुटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान संचालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् ।

सरकारले विगतको तुलनाभन्दा महंगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *