रास्वपाले सबै समिति सभापतिमा उम्मेदवारी दिने

Sharing is caring!

भदौ ८, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिको उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने सबै समितिमा उम्मेद्वारी दिने निर्णय भएको जानकारी दिए ।

उनले भने, समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने टुंगो भएको छ ।

प्रमुख सचेतक परियारले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *