प्रधानन्यायाधीशमा चोलेन्द्र संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

Sharing is caring!

पुस १७, २०७५ । प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्र शमशेर जबरालाई संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको समितिको बैठकले जबरालाई सर्वसम्मत रूपमा अनुमोदन  गरेको हो।

संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उनी चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि जबराले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *