एमसिसीबारे नेकपाको निर्णय पर्खदै सभामुख

Sharing is caring!

चैत्र ४, २०७६ । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे संसदीय प्रक्रिया अघि बढ्ने बताएका छन्। सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन्।

उनले राजनीतिक दलहरूबीच सहमति जुटेपछि मात्रै आफूले एमसीसीलाई संसदीय एजेण्डाको रूपमा ग्रहण गर्न सक्ने बताए। उनले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाईरस संक्रमणको बारेमा धेरै बहस भएपनि एमसीसी पनि बहसमा नै रहेको बताए।

‘सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो। त्यो छलफल हुदैछ। सबैतिर छलफल हँुदैछ। सत्तारूढ पार्टीमा झन छलफल हुँदैछ। बहसमै छ। कारोनाका कारणले यतातिर वहस केन्द्रीत भएपनि त्यो बहसमै छ। बेलाआअएपछि मैले त सहजिकरण गर्ने कुरा न हो’, उनले भने।

उनले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासंग सल्लाह गरेको स्पष्ट पारे।

उपसभामुख चयन प्रक्रिया बारे पत्रकारको प्रश्नमा उनले नेकपाले टुंगो लगाएपछि उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरू हुने स्पष्ट पारे। यद्यपि उपसभामुखका बारेमा छिटो टुंगोमा पुग्ने सम्बन्धमा संसदीय दलका उपनेतासंग कुरा गरिरहेको पनि स्पष्ट पारे।

‘उपसभामुखका बारेमा दलबीच समझदारी भएपछि सभामुखले  त निर्वाचन तालिका सार्वजनिक गर्ने मात्रै भूमिका हो’, उनले भने।

उनले आफूले विधेयकहरू पारित गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए।  चालु अधिवेशनमा जम्मा २ वटा विधेयक दुवै सदनबाट पारित भएका छन्। उनले नागरिकता सम्बन्धी विधेयक समितिमा अड्किँदा नागरिकहरुले दुखपाएको महसुस आफुले पनि गरेको बताउनुभयो। उहाँले तीन पटक मुद्दा जित्दा पनि नागरिकता नपाएका घटनाहरु भएको स्मरण पनि गराए। उनले निर्माणाधिन संसद भवन निर्माणको काम तिब्र गतिमा अघि बढेको भन्दै प्रसंशा पनि गरे। यो खबर नागरिक दैनिकबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *