ऊर्जा दशक घोषणा गर्ने तयारी

Sharing is caring!

कात्तिक १३, २०७५ । सरकारले उर्जा क्षेत्रको विकासका लागि ऊर्जा दशक घोषणा गर्ने भएको छ । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको प्रमुख लक्ष्यमा सहयोग पु¥याउने उद्देश्यले यस्तो तयारी गरिएको हो । यसका लागि सरकारले अन्तर्राष्ट्रिय दातृ निकायसँग आह्वानसमेत गरेको छ ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७५–२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गर्ने बताए । हरेक घरलाई ऊर्जा घर बनाउने, विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समेत समावेश गर्ने उनको भनाइ छ ।

खतिवडाले दिगो विकासका लक्ष्य पूरा गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको बताए । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न
अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको उनको भनाइ छ । ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी काठमाडौंमा सोमबारबाट सुरु भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका उच्च नेतृत्वले सो आह्वान गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी गराए ।

सम्मेलनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रूपमा आयोजित सो तीनदिने सम्मेलनमा नेपाललगायत करिब २० देशको सहभागिता छ । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा लघु जलविद्युुत् परियोजनाबाट ३० मेगावाट विद्युत्, ८ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाखभन्दा बढी बायोग्याँस प्लान्ट, १४ लाख सुधारिएको चुलो र १० हजार सुधारिएको पानी घट्ट जडान गरिसकेको छ । साथै लघु जलविद्युत् र सौर्य ऊर्जाबाट १८ प्रतिशत विद्युत् र समग्र नवीकरणीय ऊर्जा प्रविधिबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् ।

ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैंगिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रिड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, २००३ र २०११ मा काठमाडौंमा भएको थियो ।
साथै सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । करिब ८० वटा कार्यपत्र प्रस्तुत हुने सो सम्मेलनमा झन्डै २५० ऊर्जाविद्को सहभागिता छ ।यो खबर आजको राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *