मानव तस्करीमा पाँच रुट

Sharing is caring!

फागुन १०, २०७५ । नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पु¥याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ ।
प्रतिबन्धित मुलुकमा लैजान मानव तस्करहरूले नयाँ रुट प्रयोग गर्ने गरेको पनि पाइएको छ । केही दिनअघि भारतको मणिपुरबाट १ सय ७९ नेपालीको उद्दार गरिएसँगै यस्तो तथ्य खुलेको हो । प्रहरीले पहिलोपटक यति ठूलो संख्यामा तस्करीमा परेकाहरूको उद्धार गरिएको जनाएको छ ।
तस्करले प्रयोग गर्ने पाँच रुटमा गाउँदेखि विभिन्न देशसम्म यस्तो गिरोह सक्रिय हुने गरेको देखिएको छ । तस्करको गिरोहले गाउँदेखि सहरसम्मका सर्वसाधारणलाई ठूलो मात्रामा कमाइ हुने भन्दै उक्साउने तथा फकाउने र उनीहरूलाई तयार पारी जिल्ला सदरमुकाम, राजधानी काठमाडांैलगाायतका स्थानसम्म ल्याउने गरेका छन् । त्यसपछि अर्को गिरोहलाई जिम्मा लगााउने गरेका छन् ।

प्रहरीका अनुसार दोस्रो गिरोहले विभिन्न रुटबाट भारतीय सीमा नाकासम्म पु¥याउने जिम्मा लिने गर्दछन् । सीमा नाकामा सक्रिय रहेको तेस्रो गिरोहले सेटिङ मिलाइ उनीहरूलाई विभिन्न नाका प्रयोग गर्दै सजगताका साथ सीमा पार गराउँछन् र भारतको मणिपुरसम्म पु¥याउने गर्दछन् । मणिपुरमा रहेको चौथो गिरोहले त्यहाँँबाट म्यानमारसम्म पु¥याउने गर्दछ । म्यानमार पुगेपछि त्यहाँ रहेको पाँचांै नम्बरको गिरोहले कुबेत, लेबनान तथा इराक पु¥याउने गरेको खुल्न आएको छ ।
पीडितबाट तस्करहरूले ४० हजारदेखि ५ लाख रुपैयाँसम्म असुल गरेको पीडितको प्रारम्भिक बयानबाट खुल्न आएको छ । तस्करीमा पर्नेहरूमा २० देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
उद्धारपछि काठमाडौं ल्याई उनीहरूलाई विभिन्न स्थानका ६ सेल्टरमा राखिएको छ । पीडितहरूलाई बिहीबारबाट बयान लिन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धार गरिएसँगै मणिपुर प्रहरीले तस्करीमा संलग्न १ महिला र ६ पुरुष गरी ७ जनालाई पक्राउ गरी मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको छ ।
यता, नेपाल प्रहरीले समेत पीडितहरूको बयान र प्राप्त सूचनाका आधारमा नेपालमा सक्रिय गिरोहको खोजी भइरहेको जनाएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *