आन्दोलन गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी

Sharing is caring!

असार ३०, २०७५ । स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द–हडताल नगर्न निर्देशन दिँदै कडा कारबाही गर्ने चेतावनी दिएको छ । आमरण अनशनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलन घोषणा भएपछि मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्र पठाएको हो ।

मन्त्रालयका तर्फबाट सहसचिव मधुसूदन बुर्लाकोटीद्वारा जारी पत्रमा वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमण हुन सक्ने उल्लेख गर्दै सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई नियमित कामकाजमा रहन तथा पूर्वअनुमतिबिना बिदामा नबस्नसमेत निर्देश गरिएको छ ।
मन्त्रालयले पत्रमा निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा आन्दोलनका नाममा बन्द–हडतालमा उत्रे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । पत्रमा बन्द–हडताल गरेको वा गराएको पाइए आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने जनाइएको छ । नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि आकस्मिकबाहेकका सेवा ठप्प पार्नेसम्मका चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।यो खबर आजको कन्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *