‘खाद्य पदार्थमा मिसावट गर्नेलाई छोडिन्न’: कृषि मन्त्री खनाल

Sharing is caring!

असोज २४, २०७५ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् । राजधानीमा मङ्गलवार भएको ‘समृद्धिका लागि सहकार्य, कृषिक्षेत्रको विकास अपरिहार्य’ विषयक विचार गोष्ठीमा मन्त्री खनालले यस्तो धारणा राखेका हुन् ।

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने छूट कसैलाई नभएको बताउँदै मन्त्री खनालले भने, ‘जानीजानी मिसावट गर्नेलाई जेल हाल्न पनि सरकार पछि पर्दैन ।’ झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा नै अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उनको भनाइ छ ।

अनुगमन र कडाइपछि अहिले दूध ढुक्कले खान मिल्ने अवस्थामा पु¥याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अभैm सुधार नभएको बताए । ‘अहिले पनि पानी, तेल र मासु ढुक्कले खान सक्ने अवस्था छैन, मन्त्री खनालले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ ।’ तर, केही समयपछि नै सबै खाद्यवस्तु ढुक्कले खान मिल्ने बनाउने उनको दाबी थियो । अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ पानी प्mयाक्ट्रीमा तालाबन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिए ।

अहिले कृषिक्षेत्रको अवस्था दयनीय भएको पनि मन्त्रीको भनाई थियो । झण्डै ६५ प्रतिशत जनसङ्ख्या आबद्ध भएको कृषिक्षेत्रमा विनियोजन गरिएको बजेट, सरकारी नीति र नेताहरूको प्राथमिकता हेर्दा कृषिक्षेत्र अत्यन्त उपेक्षित र दयनीय अवस्थामा रहेको छर्लङ्ग हुने उनको भनाइ छ । ‘सामान्य गमलामा आपूmलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ, मन्त्री खनालले भने, ‘तर, हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गर्छाैं ।’ त्यस्तै १ सय २५ देखि ३० अर्बको धान चामल आयात हुने गरेको छ ।

‘कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनुपर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनुपर्छ, खनालले भने, ‘त्यसका लागि सरकारको सोचाइ बदलिनुपर्छ, मन्त्रालयले केही राम्रा कार्यक्रम पनि ल्याएको छ ।’ अन्यथा विदेशमा पसिना बढाइरहेका युवा जनशक्तिलाई स्वदेश फर्काउन नसकिने र कृषि झन् ओरालो लाग्ने उनको भनाइ छ ।यो खबर आजको आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *