मेलम्ची अयोजनाका कारण काठमाडौंमा धुलो हटेन: महानगर

Sharing is caring!

माघ २, २०७५ । मेलम्ची खानेपानी  आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका कारण काठमाडौंको धुलो नहटेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । महानगरका अनुसार निर्देशनालयले काठमाडौंका धेरै स्थानमा एकैपटक सडक खनेका कारण धुलो नघटेको हो । महानगरपालिकाअन्तर्गतको वातावरण विभागका अनुसार निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि एकैपटक ५–७ ठाउँमा सडक खनिरहेको छ ।

‘हामी ट्यांकरको पानीले सडक पखाल्छौँ तर मेलम्चीले खनेको सडक समयमै नपुर्दा धुलो जस्ताको तस्तै हुन्छ,’ महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । दिनहुँ ७ वटा ट्यांकरले सडक पखाले पनि सडकमा धुलो नघटेको उनले बताए । महानगरपालिकाले इटालीबाट किन्न लागेको ४ वटा ब्रुमर आउन अझै २ महिना लाग्ने उनले बताए । चीन सरकारले दिने भनेको ब्रुमर पनि आइनसकेको उनले जानकारी दिए । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *